Share now आज मिति २०८०/११/०२ गते सरस्वती पूजाको शुभ अवसरमा नेपाल भौगर्भिक विद्यार्थी समाजद्वारा भुगर्भशास्त्र केन्द्रिय विभागसङ्गको सहकार्य तथा संयुक्त आयोजनामा विधिवत सरस्वती पुजा कार्यक्रम, नव नियुक्त विभागिय प्रमुख ज्यू लाई स्वागत साथै शुभकामना तथा पूर्व विभागिय प्रमुख ज्यू लाई सफल कार्यकाल समाप्तिको बधाइ एवम २०८० सालको स्नातकोत्तर तह नयाँ सत्रमा भूगर्भशास्त्र केन्द्रिय विभागमा भर्ना हुनुभएका विद्यार्थी साथिहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमलाइ सफल बनाउनको निमित्त हामिलाइ हौसला साथै विशेष सहयोग गर्नुहुने भूगर्भशास्त्र केन्द्रीय विभागका विभागिय प्रमुख, एवम् यस कार्यक्रमका प्रमुख अतिथी प्रा. डा. दिनेश पाठक सरलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ। हामिलाइ सधै सल्लाह एवम साथ दिनुहुने पूर्व विभागिय प्रमुख प्रा.डा. खुम नारायण पौडेल सरलाई सफल कार्यकल समाप्तिको बधाइ साथै अझै सल्लाह सुझावको अपेक्षा गर्दछौ । आजको यस कार्यक्रमका सल्लाहकार डा. कविराज पौड्याल सरलाई विशेष धन्यवाद, इन्जिनियरिङ जियोलोजी कार्यक्रम संयोजक डा. सुमन पन्ती सर, विभागमा कार्यरत सम्पूर्ण प्राध्यापक, सह प्राध्यापक, एवम कर्मचारीहरु प्रती आभारी छौ । २०८० सालको नयाँ सत्रमा भर्ना हुनुभएका सम्पूर्ण विद्यार्थी साथिहरुलाई नेपाल भौगर्भिक विद्यार्थि समाजको तर्फबाट हार्दिक स्वागत साथै उज्ज्वल भविष्यको कामना गर्दछौ । यस कार्यक्रमलाई यो विन्दुसम्म ल्याइ पुराउन प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण स्वयंसेवक, तथा उपस्थित सम्पुर्ण साथिहरुलाइ नेपाल भौगर्भिक विद्यार्थी समाजको तर्फबाट धन्यवाद दिन चाहन्छौ. धन्यवाद !! About Author NGSS See author's posts Post navigation Congratulations to The Recently Appointed Head of The Department(February 7, 2024) Geo-Exhibition